मकवानपुरको कैलाश गाउँपालिकामा लैड्डिकहिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गतको कार्यक्रम सुरु भएको छ । प्रविधिको सहि प्रयोग गरौं लैड्डिकहिंसा अन्त्य गरौं भन्ने नाराकासाथ कैलाश–९ स्थित कालिका माविमा कार्यक्रमका भएको हो । वडा नम्बर ९ का वडाध्यक्ष भूवनसिं घलानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले पछिल्लो समय प्रविधिको दुरुपयोगले हिंसाको घटनाको संख्या बढ्दो रहेको बताए । सामाजिक सञ्जाल दुरुपयोगले विभिन्न हिंसाको शिकार बालबालिका बनिरहेको अवस्थाका प्रविधिलाई सहि सदुपयोग गर्न उनले आग्रह गरेका छन् । साइवर अपराधले धेरै बालबालिका र युवा कैदी जीवन बिताउन बाध्य छन् । ‘लागूऔषध प्रयोगकर्तामा बालबालिकाको संख्या बढिरहेको अवस्थामा बालबालिकालाई सचेत गराउनुपर्ने हामी सबैका दायित्व रहेको छ’ उनले भने, ‘प्रविधिको फाइदालाई लिने हो, बेफाइदा जति त्याग्नुपर्छ ।’ कार्यक्रममा वडाअध्यक्ष घलानले प्रविधिको सहि प्रयोग गर्न बालबालिकालाई आग्रह गर्दै दुरुपयोग हुँदा दण्डसजाय समेत हुने बताए ।

हिंसा र प्रविधिसँग जोडिएका विषयवस्तुबारे सहजीकरण पश्चात बालबालिकाले सोहीअनुरुप ग्रहण गरिदिन अध्यक्ष घलानले आग्रह गरेका थिए । कार्यक्रममा महिला तथा बालबालिका शाखाका प्रमुख रमिला सापकोटा, कालिका माविका प्रअ रामप्रसाद कालाखेती, प्रशिक्षक आशिष दुलाल, विद्यालयका शिक्षकको आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीको सहभागिता रहेको महिला तथा बालबालिका शाखाका प्रमुख सापकोटाले बताइन् ।

पालिका प्रेस
थप जानकारी