बागमती प्रदेश सरकारले अबदेखि स्थानीय तहका कर्मचारीको विवरण राख्न पाउने भएको छ । राष्ट्रिय किताबखानाले प्रदेशमा कार्यरत कर्मचारीको पर्सनल इन्फर्मेसन सिस्टम (पिआइएस) सञ्चालनको जिम्मा प्रदेश सरकारलाई दिएसँगै कर्मचारीको विवरण राख्ने बाटो खुलेको हो ।
अब बागमती प्रदेश सरकारले आफ्नो प्रदेश अन्तर्गतका स्थानीय तहमा कार्यरत कर्मचारीको विवरणको पोर्टल सञ्चालन गर्न पाउने भएको हो । २४ कार्तिका मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय हेटौंडामा आयोजना गरिएको कार्यक्रममा किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशका सचिव बाबुराम गौतमबीच पिआइएस विवरण सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो । यसअघि किताबखानाल मात्र कर्मचारीको पिआइएस विवरण रहेको पोर्टल सञ्चालन गर्दै आएकोमा सिस्टमलाई किताबखानाले बागमती प्रदेशलाई अधिकार प्रत्यायोजन गरेको हो ।
यसअघि प्रदेशलाई निजामती सेवाका कर्मचारीको पिआइएस विवरण सञ्चालनको पहुँच भएपनि स्थानीय तह र सेवाका कर्मचारीको पिआइएस विवरणको पोर्टल सञ्चालनमा पहुँच थिएन । कर्मचारी समायोजनपछि स्थानीय तहका कर्मचारीको पिआइएस विवरणको पोर्टल सञ्चालनमा आफूहरुको समेत पहुँच हुनुपर्ने प्रदेशको माग रहँदै आएको थियो ।











































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्