बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बालबालिका राष्ट्रका उज्ज्वल भविष्य भएको बताएकाछन् । २९ भाद्रमा ६१ औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश मार्फत प्रदेश प्रमुख देवकोटाले यस्तो बताएका हुन् ।
ूउनीहरूको सुरक्षित र समृद्ध भविष्य सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी होू उनले सन्देशमा भनेका छन् । यस वर्षको “बालबालिकामा लगानीस् सुनिश्चित भविष्यको थालनी” भन्ने नाराको साथ आज आइतबार दिवस मनाइदै छ । स्वस्थ र गुणस्तरीय शिक्षा, पोषण र सुरक्षित वातावरणमा गरिने लगानीले मात्र बालबालिकाहरूको चौतर्फी विकास हुने उनीहरू जिम्मेवार तथा सक्षम नागरिक बन्न सक्ने उनले सन्देशमा उल्लेख गरेका छन् ।
नेपालको संविधानले बालबालिकाका हक र अधिकारलाई सुनिश्चित गरेको छ। हरेक बालबालिकाले बालमैत्री समाजमा निर्धक्क भएर हाँस्न, खेल्न र आफ्नो सपना पूरा गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो, यो पूरा गर्न जिम्मेवार बनिदिनु हामी सबैको कर्तव्य पनि हो ।
बालबालिकामाथि हुने जुनसुकै प्रकारको हिंसा, शोषण, दुर्व्यवहार र बालश्रमको अन्त्य गर्न सबैको हातेमालो आवश्यक भएको उनले उल्लेख गरेका छन् । “विशेष दिनमा हामी सबैले हरेक बालबालिकाको मुस्कानको संरक्षण गर्ने र उनीहरूको उज्ज्वल भविष्यका लागि सँगै काम गर्ने प्रण गरौं”- उनले सन्देशमा भने ।
















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्