बागमती प्रदेश सरकारले आयोजना बैंक सञ्चालनका लागि मन्त्रालयहरु मार्फत प्रक्रिया शुरु गरिएको छ । ११ वैशाखमा प्रणाली सम्बन्धी अभिमुखीकरण तथा हस्तान्तरण गर्दै योजना बैंकमा योजना प्रविष्ट गर्ने कार्य अघि बढाएको छ । प्रदेशको नीति तथा योजना आयोगले बागमती प्रदेशका १४ मन्त्रालयका महाशाखा र योजना शाखाका कर्मचारीहरुलाई एक दिने अभिमुखीकरण र सिस्टम हस्तान्तरण कार्यक्रमको आयोजना गरेको हो ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री एवं आयोगका अध्यक्ष बहादुर सिंह लामा तामाङले प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै योजना बैंक कार्यान्वयनमा ल्याउने बताए । कार्यक्रममा विभिन्न मन्त्रालयका महाशाखा प्रमुख र योजना शाखाका कर्मचारीलाई आयोजना बैंकको सञ्चालन तथा व्यवस्थापन तथा योजना प्रविष्ट गर्ने प्रक्रिया, योजनाको सपोर्टिङ डकुमेन्टको व्यवस्थापन बारेमा जानकारी गराइएको थियो ।

आयोजना बैंकको औचित्य र सोको कार्य सञ्चालन, योजना प्रविष्टीकरण विधि, प्राथमिकीकरण सम्बन्धमा प्रदेश मन्त्रालयका सचिव र कर्मचारीहरुलाई जानकारी गराइएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी