बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिचाई मन्त्री श्यामबहादुर खड्काले योजना छनोटको विधि नै गलत भएको बताएका छन् । म क व ा न प ु र ग ढ ी गाउँपालिका–४ मा रहेको वाइवा डाँडा लिफ्टीङ सिंचाई उपभोक्ता समितिको ट्याङकीको १० पुसमा शिलान्यास गर्दै उनले व्यक्ति–व्यक्तिले योजनाको माग गर्दा कार्यान्वयनको पाटो फितलो भएको बताए । आवश्यकताको आधारमा योजना छनोट गर्नुपर्नेमा मन्त्री खड्काले जोड दिएका छन् ।
निर्वाचित जनप्रतिनिधी, समाजसेवी, बुद्धीजिवी, स्थानिय उपभोक्ताहरुको छलफलबाट नै अधिकतम लाभ प्राप्त हुने योजना छनौट गर्नुपर्ने उनको भनाई छ । सम्पन्न भइसकेका योजनाहरुको संरक्षण र सदुपयोगमा पनि ध्यान दिन मन्त्री खड्काले आग्रह गरे । मन्त्री खड्काले ट्याङकी निर्माण पश्चात् तीनसय रोपनी जमिनमा सिचाईको सुविधा पुग्ने बताएका छन् । कुल २० लाखमा १ लाख ५० हजार लिटर क्षमता भएको ट्याङकी निर्माण गर्न लागिएको समितिका अध्यक्ष राजकुमार योञ्जनले जानकारी दिए ।
ट्याङकी निर्माण पश्चात् ३ ठाउँबाट पानी वितरण गर्न थप १ करोडको आवश्यकता पर्ने समितिले जनाएको छ । कार्यक्रममा जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय मकवानपुरका कार्यालय प्रमुख निर्मल दाहाल, नेपाली कांग्रसका नेता आनन्दराम पराजुली, वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिनालगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्