मकवानपुर थाहा नगरपालिकाले होटल व्यवसायी तथा व्यापारीले मूल्यसूची राखी उपभोक्ताहरुलाई जानकारी दिन आग्रह गरेको छ । ११ र १२ असोजको वर्षातका कारण अन्य क्षेत्रका सडक भत्किएको अवस्थामा थाहानगर अन्तर्गतको त्रिभुवन राजपथ र गणेशमानसिं मार्गमा सवारी साधनको चाप बढेपछि यात्रुहरु नठगिउन् भनेर पालिकाले यस्तो सूचना गरेको हो ।
यात्रुहरुलाई होटलहरुमा बढि मूल्य लिएको, शौचालय प्रयोग गर्न नदिएको भन्ने गुनासो थाहा नगरपालिकामा आएको समेत सूचनामा उल्लेख गरिएको छ । नजिकिदै गरेको चाडवाड तथा विपदको मौका छोपेर मुल्यवृद्धि गरेको पाइए कानून अनुसार नगरपालिकाले दण्ड, सजाय गर्ने सूचनामा लेखिएको छ । सो सूचनामा भनिएको छ–‘सेवाग्राही÷यात्रुहरुलाई शौचालय प्रयोग गर्न दिनुहुन नगरपालिका विनम्र अनुरोध गर्दछ।’
संघीय राजधानी काठमाण्डौ प्रवेश गर्ने विपी राजमार्ग बाढीपहिरोले भत्काएपछि अहिले मधेस तथा कोशी प्रदेशका सावारी साधनहरु समेत त्रिभुवन राजपथ र चित्लाङ–चन्द्रागिरी–थानकोट (गणेशमानसिं मार्ग) प्रयोग गर्दै काठमाण्डौ जाने आउने गरेका छन् । यो रुटमा दैनिक करिब ३ हजार बढि सवारी साधन ओहोर दोहोर गर्ने गरेको प्रहरीको अनुमान छ ।
हेर्नुहोस् सूचनाः


















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्