मकवानपुरको १० पालिका मध्ये ३ वटा पालिकामा मात्र शतप्रतिशत विद्युतीकरण भएको छ । बाँकी ७ पालिकामा अझै शतप्रतिशत विद्युतीकरण हुन नसकेको नेपाल विद्युत प्रमधिरणले जनाएको छ । प्राधिकरणले विस्तृत अध्ययन गरी तयार पारेको ‘विद्युतीकरण तथ्यांक २०८१’ मा यो तथ्याङ्क उल्लेख गरिएको छ ।

तथ्याङ्क अनुसार थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा शतप्रतिशत विद्युतीकरण भएको छ । जिल्लामा सबैभन्दा कम विद्युतीकरण भएको पालिका भीमफेदी हो । यस पालिकाको कुल घरधुरीमध्ये ९९.६३ प्रतिशतमा मात्र विद्युतीकरण भएको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी कैलाश गाउँपालिकामा ९९.८८ प्रतिशत, बकैयामा ९९.८९, बागमतीमा ९९.९०, मकवानपुरगढीमा ९९.६६, मनहरीमा ९९.८७ र राक्सिराङ गाउँपालिकामा ९९.९० प्रतिशत विद्युतीकरण भएको छ । तथ्याङ्क अनुसार मकवानपुरको कुल १ लाख ७ हजार ९०९ घरधुरी मध्ये ९९.९३ प्रतिशत घरमा विद्युतीकरण भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार मकवानपुरमा दुईवटा सबस्टेशन मार्फत २४.६ मेघाभोल्ट एम्पियर (एमभिए) लाइन वितरण भैरहेको छ । यस अन्तर्गत मनहरी गाउँपालिकाको १६.६ र मार्खुमा रहेको सबस्टेशनबाट ८ एमभिए क्षमताको रहेको छ । मकवानपुरमा ३३ केभिको ५२.१८ किलोमिटर विद्युत लाइन विस्तार भएको छ भने ११ केभिको ९ सय ७८.३० किलोमिटर लाइन विस्तार भएको छ । त्यस्तै ग्राहकहरु समक्ष पु¥याइने शाखा लाइन (एलटी) २ हजार ५ सय २२.४७ किलोमीटर विद्युत लाइन विस्तार भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मकवानपुर जिल्लामा ३ वटा सब स्टेशन निर्माणाधिन अवस्थामा भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस अन्तर्गत थाहा नगरपालिका, बकैया गाउँपालिकाको हात्तीसुढे र बागमती गाउँपालिकाको राइगाउँमा ८÷८ एमभिए क्षमताको सबस्टेशन निर्माण भैरहेको तथ्याङ्कमा उल्लेख छ ।

पालिका प्रेस
थप जानकारी