मकवानपुरको कैलाश गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा भएका प्रगति तथा चालु वर्ष ०८०÷८१को वार्षिक कार्ययोजना तर्जुमा गरेको छ । सोमबार गाउँपालिका प्रमुख लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
स्वास्थ्य शाखाको आयोजना भएको कार्ययोजना तर्जुमा कार्यक्रममा गत आवमा खोप सेवा÷बालरोग व्यवस्थापन सेवाको अवस्था राम्रो सुधार भएको, क्षयरोगी÷कुष्ठरोगीमा कमी, संस्थागत सेवामा सुधार, वर्थिङ सेन्टर सेवा राम्रो, बाल तथा मातृ मुत्युदरमा कमी, परिवार नियोजन सेवाको पहुँच बढ्दो रहनुका साथै गाउँपालिकामा पोषणको अवस्था कमजोर रहेको प्रगति प्रतिवेदनमा उल्लेख छ । छलफल कार्यक्रमले स्वास्थ्य क्षेत्रमा चाल आवमा गरिने कार्यक्रममा पूर्ण प्रविधिमैत्री स्वास्थ्य संस्था, पालिका प्रमुख पोषण प्रवद्र्धन कार्यक्रम गरिनुका साथै पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका बनाउने लक्ष्य रहेको गाउँपालिका प्रमुख मुक्तानले बताए ।
स्वास्थ्य क्षेत्रमा कुनै पनि कमी नहुने गरी कर्मचारी पदपूर्ति गर्ने र स्वास्थ्य सेवामा मुस्कान सहित सेवा प्रदान गर्न प्रमुख मुक्तानले सबैलाई आग्रह गरेका छन् । प्रत्येक गाउँबासीको स्वास्थ्यसँग गाउँपालिका नजिक रहेर काम गरिने समेत प्रतिवद्धता गरेका छन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय प्रमुख अशोक विष्ट, स्वास्थ्य शाखा प्रमुख कृष्ण यादव लगायतको आतिथ्यता रहेको थियो । छलफल कार्यक्रममा गाउँपालिकाका स्वास्थ्यकर्मी तथा पालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्