लोक सेवा आयोगका पूर्वनिर्धारित परीक्षाहरू यथासमयमै सञ्चालन हुने भएका छन् । कोरोनाको तेस्रो लहरसँगै परीक्षाहरू के हुने भन्नेबारे परीक्षार्थिहरुमा अन्यौलता छाई रहँदा आयोगले भने अहिलेकै अवस्थामा पूर्वनिर्धारित कुनै पनि परीक्षा स्थगन गरिहाल्ने अवस्था नरहेको जनाएको छ ।
यसअघि पनि कोरोना सङ्क्रमितहरूका लागि छुट्टै परीक्षा दिने व्यवस्था आयोगले गरेकोले अबको परीक्षामा पनि सोही अनुसार परीक्षा दिने व्यवस्था मिलाउने तर ठुलो सङ्ख्यामा सङ्क्रमण भएको आयोगलाई जानकारी आएको अवस्थामा थप निर्णय हुन सक्ने ती अधिकारीको भनाई छ । ‘को कति परीक्षार्थीहरू कोरोना पोजेटिभ भएका छन् भन्नेबारे जानकारी नगराई आयोगलाई थाहा हुने कुरा भएन’ उनले भने ‘दोस्रो कुरा कोरोना पोजेटिभ नै भए पनि अघिल्लो परीक्षा देखि छुट्टै केन्द्रमा राखेर परीक्षा लिने गरेको छ ।’
धेरै प्रतिशत परीक्षार्थिहरुलाई पोजेटिभ भएको खण्डमा आयोगलाई पनि परीक्षा लिन गारो हुने भएकोले त्यस अवस्थामा कुनै निर्णयमा पुग्न सक्ने उनले प्रस्ट्याए । उनले थप प्रस्ट्याउँदै भने, ‘केही परीक्षार्थी सङ्क्रमित भयो भन्दैमा परीक्षा रोकिने कुरा पक्कै हुन्न, तर मास स्केलमा गयो र सरकारले नै बन्द गरेको अवस्थामा मात्रै रोकिन सक्छ, होइन भने बन्द हुँदैन’
यतिबेला देशव्यापी रूपमा कोरोनाको तेस्रो लहर आएसँगै सङ्क्रमण दर बढी रहेको छ । आयोगको राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी(अप्राविधिक र प्राविधिक) तथा स्वास्थ्य सेवाका एघारौँ र नवौँ तहका पदको आन्तरिक प्रतिस्पर्धा, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाहरू पुस १ गतेदेखि २०७८ बैसाख ६ गतेसम्म सञ्चालन हुने कार्य तालिका रहेको छ ।

















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्