थाहा नगरपालिका वडा नम्बर ११ र १२ टिष्टुङमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ६० जना महिलाले स्वास्थ्य परीक्षण गरिएको छ । नगरपालिका र ११ र १२ नम्बर वडाको तथा वीङ युथको सयुक्त आयोजनामा शिविर संचालन भएको हो ।
निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ४० जना महिलाहरुको निःशुल्क भिडियो एक्सरे र ९७ जनाको पाठेघरको मुखको क्यान्सर जाँच गरेको वीङ युथको कार्यक्रम संयोजक आशिका बस्न्यातले बताइन् । स्वास्थ्य परीक्षण भएका मध्ये ९ जना महिलाहरुको पाठेघर खस्ने समस्या देखिएकोले रिङ पेसरी राखी उपचार गरेको र २ जना महिलाको पूर्ण रुपमा पाठेघर खसेको हुँदा काठमाडौं पठाइएको डाक्टर पवन कार्कीले जानकारी दिए । शिविरमा ३० देखि ५० वर्षका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर जाँच गरिएको डाक्टर कार्कीले बताए ।

शिविरमा स्वास्थ्य परीक्षणमा आएकाहरुलाई वरिष्ट स्त्री रोग विशेषज्ञ डाक्टर विना श्रेष्ठ, वरिष्ट रेडियोलोजिष्ट डाक्टर अनुज बज्राचार्य, डाक्टर गगन कार्की, डाक्टर पवन कार्की, रजिष्टर नर्स जस्मिन गुरुङ, रजिष्टर नर्स सस्मिता राई, रजिष्टर नर्स सुजता गुरुङ, अनुसा लामा, फार्मेसिस्ट सुमन खड्का, नर्सिङ स्वयंसेवक आशिका के.सी., गरिमा बस्नेत लगायतको स्वास्थ्यकर्मीहरुले जाँचेका थिए ।
यस अघिपनि वीङ युथ र थाहा नगरपालिकाको आयोजनामा थाहा ७ र ८ का महिलाहरुलाई लक्षित गर्दै निःशुल्क शिविर भएको थियो । थाहा नगरपालिका महिलाहरुलाई पाठेघरको क्यान्सर सम्बन्धी समस्यालाई निराकरण गर्ने उद्देश्यले शिविरलाई निरन्तरता दिदै आइरहेको डाक्टर गगन कार्कीले बताए । पालिकाका अन्य वडाहरुमा शिविर संचालन गर्ने योजना रहेको वीङ युथको संयोजक बस्न्यातले जानकारी दिए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्