सत्ता गठबन्धन थाहानगरको बैठक भएको छ । थाहानगर चुनाव प्रचारप्रसार समितिका संयोजक प्रमोदकृष्ण जोशीको अध्यक्षतामा गठबन्धनको कार्यालयमा बसेको वैठकमा वडाहरुको चुनावी अभियानको निरन्तर अनुगमन गर्दै वडा गठबन्धनलाई सहयोग गर्ने विषयमा छलफल भएको छ ।

अनुगमनका लागि नगर समितिका सदस्यहरुलाई वडा विभाजन गरी जिम्मा दिएको नगर निर्वाचन परीचाल समिति सदस्य लक्ष्मण विष्टले जानकारी दिए्र । गठबन्धन भित्रको जनवर्गीय संगठनलाई परिचालन गरी गठबन्धनका उमेदवारहरुलाई विजयी गराउन पूर्णरुपले परिचालन गर्ने निर्णय भएको संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिए ।

वैठकमा गठबन्धन दलका संयोजक तथा नेपाली काँग्रेसका नगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष विनोद कुमार लामा, एकीकृत समाजवादीका नगर अध्यक्ष सानुकाजी गोपाली, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष दिनेश विष्टलगायतको उपस्थिती थियो ।

पालिका प्रेस
थप जानकारी