सत्ता गठबन्धन दलका युवा संगठनहरुको संयुक्त बैठक भएको छ । नेकपा माओवादी केन्द्र थाहानगर कमिटिको कार्यालयमा २० कात्तिकमा भएको बैठकमा आगामी कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म चुनाव प्रचारप्रसार अभियान सञ्चालन गर्ने निर्णय भएको वाईसियल नेपालका थाहानगर अध्यक्ष मान सिं दोङले बताए ।
बैठकमा नेपाली कांग्रेस संबद्ध नेपाल तरुण दल थाहानगरका अध्यक्ष नवराज लामा, नेकपा माओवादी केन्द्र सम्बद्ध वाईसियल नेपालका मकवानपुर क्षेत्र नं. २ ईञ्चार्ज तथा प्रेस सेन्टर नेपाल मकवानपुर सदस्य सानोबाबु मुक्तान, थाहानगर अध्यक्ष मान सिं दोङ, नेकपा एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपाल का सुरेन्द्र थापा मगर, राष्ट्रिय जनमोर्चा नेपाल सम्बद्ध अखिल नेपाल युवक संघका बिक्रम बिष्ट लगायतको सहभागिता रहेको थियो ।
बैठकले मंसिर ४ गते हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागिता जनाई निर्वचन शिक्षालाई समेत प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय गरेको छ ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्