मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धनको पालिकास्तरीय र वडास्तरमा संयुक्त चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।
गठबन्धनको पालिकास्तरीय प्रचारप्रसार समितिका अनुसार ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा नेपाली काँग्रेस वडा सभापति अशोक रुम्बा संयोजक रहेको २९ सदस्यीय निर्वाचन प्रचारप्रसार समिती गठन गरिएको छ । वडा नम्बर १ मा सानू लामाको संयोजकत्वमा २५ सदस्यीय र वडा न ४ मा बिष्णु डिमडुङको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरियको नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य तथा ईन्द्रसरोवर इन्चार्ज ईन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।
ईन्द्रसरोवर गाउँपालिकाका चुनावी संयोजक विश्वलाल लामाको उपस्थितिमा भएको कार्यक्रममा निर्वाचन परिचालन समितिका बिर्जुपदम लामा, कुन्साङ लामा, सुवर्ण गोपाली लगायतका उपस्तिथि रहेको थियो।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्