सत्ता गठबन्धनको थाहा नगरस्तरीय सचिवालय स्थापना गरिएको छ । नेकपा माओबादी केन्द्र थाहानगर पार्टी कार्यलयमा भएको गठबन्धन बैठकले नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीको संयोजकत्वमा २५ सदस्यीय थाहा नगरस्तरीय सचिवालय गठन गरेको हो ।

गठबन्धनको १६ कात्तिकमा थाहानगरको १२ वटै वडामा समेत वडास्तरीय सचिवालय गठन गर्ने योजना बनाइएको छ । १५ कात्तिकमा गठित नगर सचिवालयको सह–संयोजकमा राष्ट्रिय जनमोर्चा थाहानगर अध्यक्ष दिनेश बिष्ट, नेकपा माओवादी केन्द्रका थाहानगर उपाध्यक्ष प्रमोद गोपाली, नेकपा एकीकृत समाजवादीका नगर सहसचिव अभिषेक बल र सचिवमा नेकपा माओवादी केन्द्रका थाहानगर सचिव लक्ष्मण विष्ट रहेका छन् ।

बैठकले यहि ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन निर्वाचन परिचालन र प्रचारप्रसारलाई सहज बनाउन सचिवालय गठन गरिएको संयोजक तथा नेपाली काँग्रेस थाहानगरका सभापति प्रमोद कृष्ण जोशीले बताए । गठबन्धनको थाहानगर सचिवालय कार्यालय शिखरकोटमा राखिने भएको छ ।

पालिका प्रेस
थप जानकारी