कैलालीको कैलारी गाउँपालिकाले मालपोत करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बुधबार बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरेको हो ।

गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष दीपेन्द्र बमका अनुसार नवजात शिशु जन्मेको ३५ दिन भित्र जन्मदर्ता गरेमा दुई पोका आयोडिन नून र तीन पिस साबुन दिने कार्यपालिकाले निर्णय गरेको छ । यसैगरी, गाउँपालिकाका कुनैपनि सुत्केरी महिला बिरामी भएमा उपचारका लागि कैलालीका जुनसुकै अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको छ । गाउँपालिकावासीको माग अनुसार विद्युत महसुल काउन्टर हसुलियामा खोल्नका लागि पहल गर्ने निर्णय पनि गरेको प्रवक्ता बमले जानकारी दिए ।

गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको प्रवक्ता वडा नम्बर ७ का वडा अध्यक्ष बमलाई तोकेको छ । यस्तै, विषयत छ वटा समिति र छ वटा उपसमिति गठन गरिएको छ । सुशासन तथा संस्थागत विकास समितिको संयोजकमा दीपेन्द्र बम चयन भएका छन् । सदस्यहरुमा धनबहादुर राना, लीलादेवी चौधरी, राजकलादेवी खनाल, किसुनलाल चौधरी, मोहनलाल चौधरी, मनिराम कुमाल, गीता सुनार र झुमा परियार चयन भएका छन् ।

वडा नम्बर २ का वडा अध्यक्ष विकास चौधरीको संयोजकत्वमा विधेयक समिति गठन गरिएको छ । त्यसको सदस्यमा पुष्पा भुल, टीकाकुमारी चौधरी, हरिद्वारी चौधरी र शान्तिकुमारी चौधरी रहेका छन् । वडा नम्बर ३ का वडा अध्यक्ष सन्तराम चौधरीको संयोजकत्वमा सामाजिक विकास समिति गठन गरिएको छ । सो समितिको सदस्यहरुमा आशिका चौधरी, सैतुराम चौधरी, सुवा परियार, मानबहादुर चौधरी, फूलपाती चौधरी, आरती विक, लक्ष्मी चौधरी र कृष्णीदेवी दमाई चयन भएका छन् ।

यसैगरी, वडा नम्बर ४ का वडा अध्यक्ष ठागुराम चौधरीको संयोजकत्वमा वन वातावरण तथा विपद् व्यवस्थापन समिति गठन गरिएको छ । सो समितिको सदस्यमा शिकारी चैधरी, सन्तराम चौधरी, सैतुराम चौधरी, सुवा परियार, पवित्रा परियार, सुनिता चौधरी, उमेशकुमार चौधरी, विजय चौधरी र जगमा चौधरी रहेका छन् । वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमबहादुर चौधरीको संयोजकत्वमा भौतिक पूर्वाधार विकास समिति गठन गरिएको छ । त्यसको सदस्यमा पुष्पा भुल, आशिका चौधरी, सकुन्तला बखरिया, हरिद्वारी चौधरी, अनारकली चौधरी, महावीर चौधरी, टुनीराम चाधरी, विजय चौधरी र कृष्णीदेवी दमाई चयन भएका छन् ।

यसैगरी, वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुप्रसाद चौधरीको अध्यक्षतामा आर्थिक समिति गठन गरिएको छ । समितिको सदस्यमा तुल्सीप्रसाद चौधरी, विकास चौधरी, सन्तराम चौधरी, लक्ष्मीकुमारी चौधरी, सुनिला चौधरी, सुन्दरीदेवी चौधरी, तारामल कठरिया, शान्तिकुमारी चौधरी र भागुदास चौधरी रहेका छन् । लेखा समितिमा टीकाकुमारी चौधरी भुल, लालबहादुर विक र मनिराम कुमाल रहेका छन् । यसैगरी, गाउँपालिकाका उपाध्यक्ष भगवती चौधरीको संयोजकत्वमा न्यायिक समिति बनाइएको छ । समितिको सदस्यमा वडा नम्बर १ का वडा अध्यक्ष ध्वजहरिपाल बोहरा र हरिद्वारी चौधरीलाई कार्यपालिका बैठकले तोकेको छ । समितिको सदस्य सचिव गाउँपालिकाका कर्मचारी रहने व्यवस्था छ ।

गाउँपालिकाका उपाध्यक्ष चौधरीको संयोजकत्वमा अनुगमन तथा सुपरिवेक्षण समिति बनाइएको छ । समितिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका अध्यक्षले तोकेका एक महिला दुई जना कार्यपालिका सदस्यहरु खेमराज चौधरी, सुनिला चौधरी र योजना शाखा प्रमुख समितिमा रहने प्रवक्ता बमले जानकारी दिए ।
चुनावी घोषणापत्रमा उल्लेख भएको कृषि, स्वास्थ्य, शिक्षा लगायतका बुँदाहरुलाई मध्यनजर गरेर गाउँपालिकाको आगामी नीति तथा कार्यक्रम तय हुने बैठकमा गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताएका छन् ।

पालिका प्रेस
थप जानकारी