मकवानपुर थाहा नगरपालिकामा नेकपा एमालेले नयाँ जनप्रतिनीधिको खाता खोलेको छ । एमाले थाहा नगरपालिका वडा नम्बर ५ को दलित महिला सदस्य उर्मिला कामी निर्विरोध विजयी भएसंगै थाहामा एमालेको विजयी यात्रा शुरु भएको हो ।

निर्वाचन कार्यतालिका अनुसार ११ र १२ वैशाखमा मनोनयन दर्ता भएका उमेद्वारहरु विरुद्ध कुनैपनि दाबी विरोध नपरेसंगै उर्मिला निर्विरोध भएकी हुन् । उनी यसअघि पनि ५ नम्बर वडा सदस्य थिइन् ।

अब थाहा नगरपालिकामा ६२ मध्ये ६१ पदमा मात्र निर्वाचन हुनेछ । यसअघि नेकपा एमालेको इन्द्रसरोवर गाउँपालिकामा पनि २ जना वडा सदस्य निर्विरोध भैसकेका छन् ।

पालिका प्रेस
थप जानकारी