थाहा नगरपालिकाका मुख्य दलहरुले मनोनयन दर्ताको समय तय गरेका छन् । थाहा नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय शिखरकोटमा सत्ता गठबन्धनका मेयरका उमेद्वार सहितको टोली दिउँसो ३ बजेको आसपास निर्वाचन कार्यालय पुग्ने तयारी छ । गठबन्धनका साझा उमेद्वार विष्णु विष्ट ‘आदर्श’ सहितको उमेद्वारहरुले ३ बजे उमेद्वारी दर्ता गर्ने थाहा भएको छ ।
यो समाचार तयार गर्दा सम्म गठबन्धन अन्तर्गत काँग्रेसको भागमा परेको थाहानगर उपमेयरको उमेद्वार टुङ्गो लागेको छैन ।
त्यस्तै नेकपा एमाले थाहानगरले विहान ११ बजे उमेद्वारको मनोनयन दर्ता गर्ने जनाएको छ । एमालेका मेयरका उमेद्वार अच्युतम प्रसाद ढकाल, उपमेयरको उमेद्वार कल्पना बलामी सहितले उक्त समयमा उमेद्वारी दर्ता गर्ने बुझिएको छ ।
थाहा नगरपालिकाको स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालय शिखरकोट स्थित विकास घरमा रहेको छ ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्