चन्द्रागिरि नगरपालिकाले स्थानीय महिलाहरूलाई वितरण गर्न लागेको सारी प्रहरीले बरामद गरेको छ। निर्वाचन आचार संहिता विपरीत स्थानीय महिलाहरूलाई वितरण गर्न भनी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको एक सय १० थान साडी प्रहरीले बरामद गरेको हो ।शनिवार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरीत स्थानीय महिलाहरूलाई साडी वितरण गर्न लागिएको भन्ने सूचनापछि प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको टोलीले चन्द्रागिरि नगरपालिका –८ को वडा कार्यालय भवनबाट वितरणका लागि तयारी अवस्थामा राखिएको साडी बरामद गरेको प्रहरीले जनाएको छ ।

वडा कार्यालयले महिलाहरूलाई साडी वितरण गर्न लागेको सूचना शनिवार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

 

 

पालिका प्रेस
थप जानकारी