प्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले बिहीबार पदबाट राजीनामा दिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदमा विजयी भएका थिए ।

निर्वाचन आयोगले उम्मेदवार हुन चाहनेले कायम रहेको लाभको पदबाट राजीनामा गर्नुपर्ने प्रावधान ल्याएको थियो । विष्णुपुर गाउँपालिका अध्यक्ष यादवले बिहीबार प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी राजीनामा दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवले अध्यक्ष यादवले राजीनामा दिएको पुष्टि गर्दै अध्यक्षको जिम्मामा रहेको गाडीसमेत फिर्ता भएको बताए ।

अध्यक्ष यादव कांग्रेसबाट पुन: विष्णुपुर गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारको आकांक्षी हुन् । पालिकामा कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छैन । बहालवाला जनप्रतिनिधि पुन: उम्मेदवार हुन चाहे हाल कायम रहेको पदबाट राजीनामा दिनुपर्ने व्यवस्थाअनुरुप सप्तरीमा राजीनामा दिने सूचीमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष पहिलो हुन् ।

पालिका प्रेस
थप जानकारी