हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ। बिहीबार एक कार्यक्रमका बीच ९ नम्बरलाई हेटौंडाको दोस्रो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो।

९० प्रतिशत संस्थागत सुत्केरी भएपछि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिने प्रावधानअनुसार पूर्ण सुत्केरी वडा घोषणा गरिएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बताए।

चालु आर्थिक वर्षमा वडाका १२२ अर्थात् ९३ प्रतिशत महिलाले संस्थागत सुत्केरी गराएका थिए। यस अघि हेटौंडा ६ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको थियो।

पालिका प्रेस
थप जानकारी