मकवानपुर थाहा नगरपालिकामा विश्व क्षयरोग दिवस एक कार्यक्रमकाबीच मनाइएको छ ।
‘क्षयरोग अन्तको लागि लगानी बढाऔ, जीवन बचाऔ’ भन्ने मुल नाराकासाथ दिवस मनाइएको हो । थाहानगरको जेसिज हलमा कार्यक्रम भएको हो । कार्यक्रममा थाहा नगरपालिकाकावडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, थाहा नगरपालिकाका क्षयरोग निवारण कार्यक्रम संयोजक प्रध्युम्न हमाल, नगरपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयंसेवकसेविकाहरु, जनस्वास्थ्यकर्मी लगायतका उपस्तिथि रहेको थियो। कार्यक्रममा क्षयरोग निवारणका लागि अपनाउनुपर्ने सावधानी लगायतको विषयमा छलफल भएको थियो ।
यसैबीच थाहा नगरपालिकालाई क्षयरोग मुक्त नगर घोषणाको रणनैतिक योजनाको विषयमा समेत छलफल भएको थियो । यसका लागि गरिने कार्यहरुको प्रतिवद्धताको विषयमा छलफल भएको स्वास्थ्य शाखा प्रमुख बलामीले बताए ।
थाहा नगरपालिका क्षेत्रमा अहिले १२ जना क्षयरोगी रहेको पालिकाको अभिलेख छ । उनीहरुले स्वास्थ्यकर्मीहरुको प्रत्येक्ष निगरानीमा औषधि सेवन गरिरहेको स्वास्थ्य शाखा प्रमुख बलामीले जानकारी दिए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्