मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा रहेका सुत्केरी महिलाहरुका लागि पौष्टिक आहार वितरण गरिएको छ ।
११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेकपा एमाले निकटको अखिल नेपाल महिलासंघ हेटौंडा उपमहानगरपालिका कमिटीको आयोजनामा अस्पतालका सुत्केरी महिलाहरुका लागि पौष्टिक आहार वितरण गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेशका पूर्व सामिाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । अनेमासंघ नगरकमिटीका अध्यक्ष रन्जिता शिल्वालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा अस्पतालका अध्यक्ष तथा प्रतिष्ठानका रजिष्टार राजेश प्रसाई, अनेमासंघका केन्द्र, प्रदेश, जिल्ला तथा नगरकमिटीका प्रतिनिधिहरु मेनका दाहाल, जुना दाहाल, मिना अर्याल, सुमित्रा काफ्ले, साधना श्रेष्ठ, यसोदा उप्रेती, अन्जु श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्