मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ मा रहेको मत्स्यनारायण माध्यमिक विद्यालयलाई ५० सेट फर्निचर हस्तान्तरण गरिएको छ । डेस्क÷बेन्चको अभावमा विद्यार्थीहरुलाई अध्ययनका लागि समस्या भइरहेका बेला विद्याललयले फर्निचर सहयोग पाएको हो ।

थाहा नगरपालिकाको विकास साझेदार संस्था च्वाइस नेपालले विद्यार्थीहरुका लागि फर्निचर उपलब्ध गराएको हो । विद्यालयका लागि च्वाइस नेपालका ‘कन्ट्री डाइरेक्टर’ प्रतीक शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज विष्टलाई डेस्क÷बेन्च हस्तान्तरण गरेका हुन् । थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथीहरलाई विद्यालयकी शिक्षक अम्बिका लामिछानेले स्वागत गरेकी थिइन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम तामाङले विद्यालयको शैक्षिक गुणस्तर तथा आगामि योजनाको विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रधानाध्यापक तामाङले विद्यालयले सीमित भौतिक पूर्वाधारको चुनौति खेप्दै शैक्षिक गुणस्तरको बढोत्तरीका विषयमा अतिथीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा नगर प्रमुख विष्णु बहादुर विष्टले थाहानगरमा सामुदायिक विद्यालयतर्फ मत्स्यनारायणले आफूलाई नमुनाको रुपका प्रस्तुत गर्दै लगेकोको बताउँदै बधाईसहित धन्यवाद दिए । विष्टले भने–‘सामुदायिक विद्यालयका शिक्षक र समितिका पदाअधिकारीले सामुदायिक विद्यालयमै आफ्ना छोरछोरी पढाउने मतस्यनारण नै नगरको पहिलो विद्यालय हो ।’ विष्टले विद्यालयको शैक्षिक गुणस्तरको अझ प्रगतकिो कामना गर्दै विद्यालयको भौतिक पूर्वाधार सुधारमा पालिकाको तर्फबाट हुने सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । नगर क्षेत्रका अन्य विद्यालयहरुले पनि मत्स्यनारायण माविबाट धेरै कुरा सिक्न आवश्यक भएको विष्टको भनाइ थियो ।

कार्यक्रमका विशेष अतिथी तथा च्वाइस नेपालका ‘कन्ट्री डाइरेक्टर’ प्रतीक शर्माले विद्यालयको शैक्षिक गुणस्तरमा आएको सुधारको प्रशंसा गरे । उनले आफ्नो संस्थाको तर्फबाट भएको सहयोगबाट गुणस्तरी शिक्षाका लागि मद्दत पुगेको समितिका पदाअधिकारीहरको भनाईप्रति आभार व्यक्त गरे । उनले विद्यालयको अन्य सुधारका कामका लागि च्वाइस नेपालको तर्फबाट आवश्यक सहयोग हुने प्रतिक्रिया दिए । उनले लामो समयदेखि नगरसपालिकासँगको साझेदारी रही आएको स्मरण गराउँदै पालिकाको शिक्षा, स्वास्थ्य, खानेपानीलगायत समग्र विकास कार्यमा सहयोग हुने प्रतिवद्धता जनाए । सो अवसरमा विद्यालयले च्वाइस नेपाललाई धन्यवाद पत्र समेत दिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवारज विष्टको अध्यक्षतामा भएको कार्यक्रमको विशेष अतिथी नगर उपप्रमुख भरत गोपाली रहेका थिए । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, स्थानीय समाजसेवी बिमल ढकाल, च्वाइस नेपालका प्रताप घिमिरे, सुवास मरहट्टा, थाहा नगरपालिकाका सूचना अधिकारी सुरज भुजेल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु तथा शिक्षकहरुको उपस्थिती रहेको थियो । कार्यक्रम शिक्षक देवचन ढकालले संचालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी