आगामि आर्थिक वर्ष २०८३/०८४ मा संघीय सरकारबाट मकवानपुर थाहा नगरपालिकाका सञ्चालन हुने विविध योजनाहरुका लागि बजेट विनियोजन भएको छ । संघीय सरकारले १५ जेठमा गरेको बजेट तथा कार्यक्रममा समावेश गरी विविध मन्त्रालय अन्तर्गतका योजनाहरु सरकारले सार्वजनिक गरेको हो ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत लनगरपालिकालाई तोकेरै बजेट विनियोजन नगरेको भएपनि थाहानगरलाई प्रभाव पार्ने ३ योजनामा बजेट विनियोजन भएको छ । पूर्वाधार विकास मन्त्रालयले त्रिभुवन राजपथको हेटौंडा भैसे लामिडाँडा पालुङ टायलघर सडक खण्ड ३ करोड ५० लाख बजेट विनियोजन गरेको मन्त्रालयको कायृक्रमगत बजेट कितामा उल्लेख छ । त्यस्तै त्रिभुवन राजपथ शीर्षकमा ३ करोड र बाघझोरा खोला पुलका लागि २ करोड बजेट विनियोजन भएको उक्त पुस्तिमा उल्लेख छ ।

त्यसैगरी पूर्वाधार विकास मन्त्रालयकै शहरी विकासतर्फ टिष्टुङ र खैराङ स्वास्थ्य चौकी भवनका लागि ५० लाख, सिमभन्ज्याङ पर्यटन सूचना केन्द्र तथा पार्क निर्माण (अधुरो) १ करोड २० लाख ९२ हजार, थाहा नगरपालिका एकीकृत शहरी पूर्वाधार ७ करोड बजेट विनियोजन भएको छ । थाहा नगरपालिकाको पालुङ तथा दामन बजारमा शहरी पूर्वाधार विकासका लागि ३ करोड बजेट विनियोजन भएको छ ।

जिल्लाको थाहा नगरपालिका र इन्द्रसरोवर शहरी सडक स्तरोन्नतीका लागि ३ करोड, थाहा नगरपालिका वडा नम्बर ७ र ८ जोड्ने जामुने कपासे पक्की पुल निर्माणका लागि १ करोड ५० लाख र थानाबजार पुल पालुङ फेदीगाउँ चिसापानी चल्ती सडक थाहा नगरपालिकाको लागि २ करोड ८५ लाख ४७ हजार बजेट विनियोजन भएको बजेट किताबमा उल्लेख छ ।

पालिका प्रेस
थप जानकारी