बागमती प्रदेश सरकारले ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । गणतन्त्र दिवसको अवसरमा प्रदेश सरकारले विधागत रुपमा ४ पत्रकारलाई पुरस्कृत गरेको हो ।
गणतन्त्र दिवसको अवसरमा १५ जेठमा आयोजित एक कार्यक्रममा खोज पत्रकारिता परुस्कार बापत नयाँ पत्रिकाका पोष्टराज अधिकारी, विकास पत्रकारिता पुरस्कारबाट सुनिता विष्ट, सुशासन पत्रकारिता परुस्कारबाट रामेछापका यवुराज श्रष्ेठ र संघीयता संस्थागत पुरस्कारबाट ललितपुरका रामहरि कार्की पुरस्कृत भएका हुन् ।
पत्रकारिताका माध्यमबाट गणतन्त्र, सुशासन, विकास निर्माण तथा नागरिक तहसम्म सुचना सम्प्रेषणमा खेलेको भूमिकाको मुल्यांकन सहित उनिहरुलाई जनही ५० हजार नगदसहित पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा गणतन्त्र दिवसका अवसरमा आयोजित निबन्ध प्रतियोगिता, खुल्ला दौड प्रतियोगिताका विजयीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्