मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती विस्तारका लागि किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने योजना अघि सारेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार यो अभियान सञ्चालन हुन लागेको हो।
गाउँपालिकाले वडा नम्बर ४ मा अदुवा खेती र वडा नम्बर ५ मा बेसार खेती प्रवद्र्धन गर्न विशेष कार्यक्रम ल्याउँदै सम्बन्धित क्षेत्रका कृषकलाई सहभागिताका लागि आह्वान गरेको छ।
प्रदेश सरकारको सशर्त अनुदान अन्तर्गत सञ्चालन हुने यस कार्यक्रमका लागि अदुवा र बेसार दुवै खेतीका लागि समान रूपमा ४ लाख ५० हजार रुपैयाँका दरले बजेट छुट्याइएको छ।
कृषि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ अनुसार छनोटमा परेका कृषक वा कृषि फर्महरूले अदुवाको बीउ खरिदमा ५० प्रतिशत अनुदान पाउनेछन्। यो सुविधा विशेषगरी वडा नम्बर ४ का कृषकका लागि अदुवा खेती र वडा नम्बर ५ का कृषकका लागि बेसार खेतीमा केन्द्रित गरिएको छ।
गाउँपालिकाको कृषि शाखाका अनुसार सम्बन्धित वडामा दर्ता भई सञ्चालनमा रहेका व्यक्तिगत कृषक, कृषक समूह, कृषि सहकारी संस्था तथा निजी कृषि फर्म र कम्पनीहरूले कार्यक्रममा सहभागी हुन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

















































पालिका प्रेस 


















प्रतिक्रिया दिनुहोस्