थाहा नगरपालिका–३ स्थित गंगा होटलमा पालुङ जेसीज वर्ष २०२६ को पहिलो कार्यक्रम अन्तर्गत एल.ओ.एम.अफिसर्स तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ। पालुङ जेसीज वर्ष २०२६ का व्यक्तिगत उपाध्यक्ष विश्वराम पौडेलको संयोजकत्वमा आयोजित तालिम शाखा अध्यक्ष जेसी सञ्जय गोपालीको सभाध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल रहनुभएको थियो भने वर्ष २०१९ का शाखा अध्यक्ष कुमार नेगीले सहजीकरण गरेका थिए । तालिममा पालुङ जेसीजका पूर्व अध्यक्ष तथा सल्लाहकारहरुको समेत उपस्थिति रहेको थियो। जसमा वर्ष २०२४ का शाखा अध्यक्ष तथा अध्यक्ष सल्लाहकार निरज रायमाझी, वर्ष २०२१ का शाखा अध्यक्ष तथा बोर्ड सल्लाहकार नवराज लामा, वर्ष २०२० का शाखा अध्यक्ष तथा प्रमुख अध्यक्ष सल्लाहकार मनोज रायमाझी तथा अध्यक्ष कार्यकारी सल्लाहकार सुबिन्द्रमान प्रधान सहभागी थिए ।
तालिममा वर्ष २०२६ का १४ जना पदाधिकारीहरुको सहभागिता रहेको थियो। सहभागीहरुलाई आफ्नो जिम्मेवारी, काम, कर्तव्य र अधिकारका साथै आफ्नो कार्यक्षेत्रको प्रतिवेदन कसरी प्रभावकारी रूपमा तयार गर्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमको समापनमा प्रमुख अतिथि ढकालले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए। पदाधिकारीहरुको क्षमता अभिवृद्धि तथा संगठनात्मक कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन तालिम उपयोगी हुने बर्ष २०२६ का अध्यक्ष सन्जय गोपालीले बताए।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्