मकवानपुर प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जना युवकलाई पक्राउ गरेको छ । गाँजा बोकेको जिप पनि प्रहरीले बरामद गरेको छ ।
४३८ केजी गाँजासहित मकवानपुर कैलाश गाउँपालिका-१० का २७ वर्षीय रामबहादुर मोक्तान र १९ वर्षीय अनिल थिङलाई पक्राउ गरेको छ ।
भीमफेदी गाउँपालिका-२ चुनियास्थित भित्री सडकमा खण्डमा लु. १ च. २१५२ नं. को बोलेरो गाडी र बा.प्र.०३–००५ प.४५७६ मोटरसाइकल चेक गर्ने क्रममा गाडीमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी पुष्कर बोगटीले बताए ।
उक्त गाडी बुधबार बिहान साढे १२ कालिकाटार नामटार हुँदै हेटौंडातर्फ आइरहेको थियो । मोटरसाइकलले गाडीको रेकी गरेको प्रहरीको भनाइ छ ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्