थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले युवाहरू नै राष्ट्र र समाजको भविष्य भएको उल्लेख गर्दै युवाको नेतृत्व क्षमता विकासमा पालुङ जेसीजले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । मकवानपुर थाहा नगरपालिकामा सामाजिक क्षेत्र क्रियाशील पालुङ जेसीजको २६औँ पदस्थापना एवम् पुरस्कार वितरण कार्यक्रममा गोपालीले यस्तो बताका हुन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गोपालीले नेतृत्व, सीप, सामाजिक उत्तरदायित्व र सकारात्मक सोच विकासमा जेसीजजस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै थाहा नगरपालिका सधैं युवामैत्री कार्यक्रम र गतिविधिमा सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । “युवाहरू सक्षम भए मात्र स्थानीय सरकार, समाज र देश बलियो बन्छ,” उनले भने, “युवाको नेतृत्व विकासका लागि जेसीजसँग समन्वय र सहकार्य गर्न नगरपालिका सदैव तत्पर छ।”
कार्यक्रममा वर्ष २०२५ का अध्यक्ष माधव कार्कीले वर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष सन्जय गोपालीलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरेका थिए । सो अवसरमा वर्ष २०२५ मा पालुङ जेसीजका पदाधिकारीहरू तथा संस्थालाई सहयोग पु¥याउने विभिन्न संघ–संस्थाहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। पदस्थापन समारोहअन्तर्गत वर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष संजय गोपालीलाई वर्ष २०२५ का अध्यक्ष माधव कार्कीले पद तथा गोपनीयताको सपथ गरएका थिए । वर्ष २०२६ का सम्पूर्ण पदाधिकारीहरूलाई निर्वाचित अध्यक्ष गोपालीले सपथग्रहण गराए ।

यसअघि पालुङ जेसीजको साधारण सभाबाट वर्ष २०२६ का लागि अध्यक्षमा संजय गोपाली चयन भएका थिए । यसैगरी उपाध्यक्षमा विश्वराम पौडेल, नविना बिष्ट, कमल बिष्ट र राधाकृष्ण लामिछाने चयन भएका छन् । कार्यकारिणी उपाध्यक्षमा अजय कार्की र प्रकाश चन्द ठकुरी चयन भएका हुन् । त्यस्तै, अध्यक्ष गोपालीले महासचिवमा अन्जय प्रधान र कोषाध्यक्षमा उद्दव बिडारीलाई मनोनित गरेका छन् ।
कार्यक्रममा हेटौंडा जेसीज वर्ष २०२६ का अध्यक्ष सन्तोष पराजुली, मकवानपुर गढी जेसीजका अध्यक्ष इरोन न्यौपाने, चैनपुर जेसीजका अध्यक्ष आशिष बास्तोला, बसमाडी जेसीजका अध्यक्ष दिपेन्द्र यादव, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्व अध्यक्षहरू खडग गोपाली, सानोभाइ कार्कीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय आतिथ्यता रहेको थियो।

















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्