मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले खेल क्षेत्रमा राज्यले लगानी गर्दै आइरहेको बताएका छन् । मकवानपुर तेक्वान्दो संघको आयोजनामा भएको ब्ल्याक बेल्ड फस्ट र सेकेण्ड ग्रेडिङ कार्यक्रमलाई उद्घाटन गर्दै खेलकुदको विभिन्न विधामा अन्तराष्ट्रिय स्तरमा समेत नाम कमाइरहेको अवस्थामा पछिल्लो समय तीन तहकै सरकारले लगानी गर्दै आइरहेको बताए ।
खेल क्षेत्रलाई माया गर्ने गर्दछु, कैलाशमा पनि भलिबल, फुटबल लगायत अन्य विभिन्न खेलकुदका कार्यक्रमहरु भइरहन्छन्, यस वर्षदेखी भने तेक्वान्दो पनि खेलाईने उनले बताए । जिल्लादेखी प्रदेश र राष्ट्रियस्तरमा समेत कैलाशका खेलाडी र प्रशिक्षकहरु रहेकाले अब कैलाशमै जिल्ला स्तरीय प्रतियोगिता गरिने अध्यक्ष मुक्तानले बताए ।
युवापिडीँमा खेलप्रतिको चासो र सहभागिताले राष्ट्रलाई चिनाउने थप माध्यम रहेको बताउँदै नेपाललाई खेल क्षेत्रले विश्व सामू चिनाएको बताए । सोही अवसरमा उनले कैलाश गाउँपालिका स्थायी ठेगाना रहेका खेलाडीसँग छलफल समेत गरेका थिए ।
संघका अध्यक्ष लालकाजी रत्न ब्रजचार्यको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर १४ का वडाध्यक्ष दीपक खड्का, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तान, कार्यालय प्रमुख माधव कोइराला, अन्र्तराष्ट्रिय तेक्वान्दो रेफ्री विमल विक लगायत विभिन्न खेलाडीहरुको आतिथ्यता रहेको थियो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्