बढुवा समितिको सचिवालयले चार जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ ।

बढुवा समितिको बिहीबारको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत एक जना, नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत दुई जना र नेपाल कृषि सेवा, कृषि प्रसार समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत एक जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो ।

हेर्नुहोस् सूचना :

पालिका प्रेस
थप जानकारी