हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा भएको नगरस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि नवोदय शिशु सदन अंग्रे्रेजी माध्यमिक विद्यालयले जितेको छ । ८ माघमा सम्पन्न फाइनल खेलमा नवोदयले कमाने एकेडेमीलाई ४३–३९ अंकले पराजित गर्दै उपाधि हात पारेको हो।

प्रतियोगितामा कमाने एकेडेमीका सुमन श्रेष्ठ टुर्नामेन्टका उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र रहेका नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालय, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी, माउन्ट एभरेष्ट इङ्लिस सेकेन्डरी विद्यालय र कमाने एकेडेमीको सहभागिता रहेको थियो।

शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को समन्वय तथा नवोदय शिशु सदन अंग्रे्रेजी माध्यमिक विद्यालय हेटौँडा–४ को व्यवस्थापनमा दुई दिनसम्म प्रतियोगिता सञ्चालन गरिएको थियो । हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयद्वारा तेस्रो खेलकुद महोत्सवअन्तर्गत आयोजित प्रतियोगितामा विजयी टिमलाई फागुन ७ गते एक कार्यक्रमबीच पुरस्कार वितरण गरिने वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी