थाहा नगरपालिकाका शिक्षकहरुले ७ दिने वृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम लिएका छन् । २१ पुसबाट सञ्चाmन भएको तालिम २७ पुसमा समापन गरिएको छ । थाहा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा पाइनस होटलमा भएको तालिम नगर उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।

कार्येक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्राविधिक अधिकृत कृष्ण घिमिरे, विइङ युथका अध्यक्ष अध्यक्ष बसन्त कार्की, सचिव प्रविण विष्ट तथा कार्यक्रम व्यवस्थापक मनिषा बस्नेतको विशेष आतिथ्यता रहेको थियो । तालिममा थाहानगर भित्रका १८ वटा माध्यमिक विद्यालयका २४ जना शिक्षकहरूको सहभागिता रहेको थियो। तालिमको सहजीकरण बरिष्ठ प्रशिक्षक राजु के.सी. र सन्तोष खनालले गरेका थिए ।

तालिममार्फत १८ वटा माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत ६१६ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । तालिमपछि प्रशिक्षित शिक्षकहरूले विद्यालयस्तरमा सुरुमा अभिभावकलाई अभिमुखीकरण गर्ने, त्यसपछि कक्षा ९ मा ६ वटा वृत्ति मार्गनिर्देशन सेसन सञ्चालन गर्ने र समिक्षा गर्ने कार्यक्रम रहेको छ । साथै, हाल कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई आगामी वर्ष कक्षा १० मा थप एक सेसन सञ्चालन गरिने जानकारी दिइएको छ।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूको रुचि, क्षमता र खुबीको आधारमा क्षमता मापन गरी उपयुक्त बृत्ति छनोटमा सहयोग पु¥याउनु रहेको आयोजकले बताएका छन् । यस तालिमले विद्यार्थीहरूलाई भविष्यको अध्ययन र पेशा छनोटमा स्पष्ट दिशा दिने विश्वास लिइएको थाहा नगर शिक्षा शाखाका अधिकृत सुर्य बहादुर थिङले जनाए। तालिम समापन कार्यक्रम शिक्षा, युवा तथा खेलकुद शाखा थाहा नगरपालिकाका प्रमुख माधवविक्रम मल्लको सभाध्यक्षतामा भएको थियो ।

पालिका प्रेस
थप जानकारी