मकवानपुरको थाहानगरमा प्रत्येक तीन/तीन वर्षमा लाग्ने इन्द्रायणी जात्राको तयारी तिब्र पारिएको छ । साँस्कृतिक रुपले नेवार र देउला समुदायसँग प्रत्येक्ष जोडिएको इन्द्रायणी जात्राको लागि पूजाविधि अनुसारको तयारीलाई तिब्रता दिइएको इन्द्रायणी भगवती कालाभैरब गुठी संरक्षण समितिका अध्यक्ष श्याम भक्त श्रेष्ठले जानकारी दिए ।
जात्राको तयारी स्वरुप १५ मंसिरमा पालुङ देउला गाउँ (इन्द्रायणी बस्ती) बाट खाली रथ पालुङ शहरमा ल्याइएको छ । देउता घरबाट पालुङ ल्याइने रथ खाली ल्याउने चलन छ । तीन वर्षे जात्राको नियम तान्त्रिक विधि विधान अनुसार मनाइन्छ । जात्रा हुने चार दिन अगाडि १५ मंसिर अर्थात मंसिर शुक्ल द्वादशीको दिन पारेर खाली रथ पालुङ ल्याइएको हो । यसरी रथ ल्याउँदा पालुङबाट नेवार समुदायकै व्यक्तिहरु गई ल्याउने चलन छ ।
रथ पालुङमा ल्याएपछि गुठायारको भोज र निमन्त्रणा पूजा सुरु हुन्छ । द्वादशीको दिनदेखि पहिलो निम्तो पूजा भगवती पूजारीबाट हुन्छ । त्रयोदशीको दिन काला भैरव पूजारीबाट पूजा र भोज हुन्छ । चतुर्दशीका दिन इन्द्रायणी पूजारीबाट हुन्छ र गुठायार खुवाउने कार्य समाप्त हुन्छ । जात्राको अवसरमा इन्द्रायणी, कुमारी, कालाभैरब र गणेशको रथारोहण गरिन्छ ।
जात्रा आरम्भ निमन्त्रणा पूजा भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रजात्राको शुभ दिन परोर गरिएको थियो । निमन्त्रणा पूजाको करिब चार महिनापछि यो जात्रा मनाइने चलन छ । यसवर्षको जात्रा यहि मंरि १८, १९ र २० गते परेको छ ।


















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्