थाहा नगरपालिकालाई च्वाइस नेपालले वासिङ मेशिन र रुम हिटर सहयोग गरेको छ । थाहा नगरपालिका वडा नम्बर–४ को दामन शहरी स्वास्थ्य केन्द्र र थाहा–१२ को लिती आधारभूत स्वास्थ्य केन्द्रको बर्थिङ सेन्टरका लागि उक्त उपकरणहरु सहयोग गरिएको हो ।

थाहा नगरपालिका र च्वाइस नेपालबीचको साँझेदारीमा भएको विभिन्न कार्यक्रमहरुकोको समीक्षा तथा आगामि योजनाको विषयमा भएको छलफल कार्यक्रमको अवसरमा उपकरणहरु हस्तान्तरण गरिएको हो । च्वाइस नेपालका राष्ट्रिय निर्देशक प्रतीक शर्माले नगर प्रमुख विष्णु बहादुर विष्ट तथा उपप्रमुख भरत गोपालीलाई उपकरण हस्तान्तरण गरेका हुन् । समग्री हस्तान्तरण गर्दै निर्देशक शर्माले च्वाइस नेपाल मार्फत भएको सहयोगको भरपुर उपयोग गरी नागरिकले लाभ प्राप्त गर्ने अपेक्षा गरे । सो अवसरमा नगर प्रमुख तथा उपप्रमुखले सहयोगी संस्थालाई धन्यवादसहित यस किसिमको सहकार्यको निरन्तरताको कामना गरे ।

समीक्षा कार्यक्रममा च्वाइस नेपालको सहयोगमा शिक्षा, स्वास्थ्य, खानेपानी, आयआर्जन लगायतको क्षेत्रमा भएको लगानी तथा प्रतिफलको विषयमा अन्तरक्रियात्मक छलफल भएको थियो । थाहा नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, वडाध्यक्षहरु तथा शाखा प्रमुखहरुको समेत सहभागिता रहेको थियो । त्यस्तै च्वाइस नेपालका राष्ट्रिय निर्देशक प्रतीक शर्मा, मकवानपुर कार्यक्रम संयोजक सुकराम दुलाल, पालुङ कार्यक्रमका प्रताप घिमिरेलगायतकाको उपस्थिती रहेको थियो ।

च्वाइस नेपालले थाहा नगरपालिकामा सन् २०१५ देखि नगरपालिकाको अवश्यकताको आधारमा सहभागितामुलक साँझेदारी मोडलबाट शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, आयआर्जन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

पालिका प्रेस
थप जानकारी