फोटोः विशाल रायमाझी/पालिका प्रेस

थाहा नगरस्तरीय अन्तर वडा मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १ र ३ भिड्ने भएका छन् । फाइनल खेल ७ मंसिर दिउँसो हुने आयोजकले जनाएको छ ।

फाइनल खेलको तयारी पूरा भइसकेको प्रतियोगिताका व्यवस्थापक खेलकुद विकास समिति थाहा–४ का सुमन विष्टले जानकारी दिए । थाहानगरको इन्द्रायणी चौरमा हुने फाइनल खेल हेर्न उपस्थित हुनका लागि विष्टले सबैलाई अनुरोध गरेका छन् ।

फोटोः विशाल रायमाझी/पालिका प्रेस

थाहा नगरपालिकाको आयोजना तथा ४ नम्बर वडा खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगिता इन्द्रायणी चौरमा भइरहेको छ । थाहा नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पालिका प्रेस
थप जानकारी