थाहा नगरपालिकाको आयोजना तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरको सहयोगमा पालुङ प्राथमिक स्वास्थ्य चौकीमा मुटु रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर भएको छ ।

यहि २८ र २९ कार्तिकमा भएको शिविरमा ३ सय ७३ जना बिरामीले सेवा लिएको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार शिविरमा १ सय ५७ जनाको अल्ट्रासाउन्ड गरियो भने ५४ जनाको दातको उपचार का साथै ३ सय ५० जनाको इसिजी,२ सय ५० जनाको पिएफटी र १ सय ५० जनाको इको गरिएको शिविरका सिनियर जनरल तथा फिजिसियन डाक्टर प्रध्यापक सुमन कर्मचार्यले जानकारी दिए।

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा मुटु रोग, रक्तचाप, मधुमेह (सुगर) र फिजियोथेरापी जस्ता सेवाहरू निःशुल्क उपलब्ध गराइएको थियो । साथै इसिजी, इको, मधुमेह परीक्षण तथा दम रोगका लागि पिएफटी परीक्षण र दन्त रोगको पनि निःशुल्क रूपमा गरिएको थियो । शिविरमा रोगको प्रकृति अनुसार १५ दिन भन्दा बढिको लागि आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान थाहानगरका संयोजक बिमलकुमार ढकालले जानकारी दिए।

शिविरमा सिनियर जनरल तथा फिजिसियन डाक्टर प्रा. डा. सुमन कर्माचार्य र मुटुरोग विशेषज्ञ प्रा. डा. मनोज श्रेष्ठ (कार्डियोलोजिष्ट) ले परामर्श दिएका थिए । कार्यक्रमको आयोजक थाहा नगरपालिका, नेपाल हृदयरोग निवारण प्रतिष्ठान थाहा नगरपालिका इकाई सहयोगी रहेका रहेको शिविरलाई पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले प्राविधिक सहयोग गरेको थियो।

पालिका प्रेस
थप जानकारी