पालुङ जेसीजले ‘धर्मलाल एकल गायन प्रतियोगिता तथा पालुङ जेसीज गायन आइडल’ आयोजना गर्ने भएको छ । थाहा नगरपालिका र आसपासका दुई पालिकाका युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजन ागर्न लागिएको संस्थाले जनाएको छ ।

कार्यक्रम संयोजक तथा जेसीज अध्यक्ष माधव कार्कीका अनुसार प्रतियोगिताको अडिसन मंसिर ७ गते हुने छ । थाहा नगरपालिका, इन्द्रसरोबर गाउँपालिका र कैलाश गाउँपालिकाका प्रतिभाहरुले प्रतियोगितामा सहभागी हुन सक्ने जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेले १० हजार रुपैयाँ, दोस्रोले ५ हजार रुपैयाँ, र तेस्रोले ३ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

अडिसनमा सहभागी हुन इच्छुकहरुले पालुङ जेसीजको सचिवालयमा गई फारम भर्न सक्ने वा जेसीजको अफिसियल फेसबुक पेजबाट फारम डाउनलोड गरी फारम भर्न सक्ने व्यवस्था गरिएको छ। अध्यक्ष कार्कीका अनुसार, यो प्रतियोगितामार्फत स्थानीय स्तरका प्रतिभाशाली गायक–गायिकालाई पहिचान गरी ठूलो प्लेटफर्ममा पु¥याउने लक्ष्य लिइएको छ ।

पालिका प्रेस
थप जानकारी