यस वर्षको कार्तिक पूर्णिमा १९ कार्तिकमा परेको थियो । यस पुर्णिमाको अवसरमा नेवारी संस्कृति अनुसार फरक पुजा हुने गर्दछ । सामान्यतः यादै नगरेको पुजा । यस्तै पुजा मकवानपुर थाहा नगरपालिकाको पाण्डुकेश्वर मन्दिर परिसरमा पनि १९ कार्तिकमै भएको । पुजा पालुङका नेवार समुदायले गरेका हुन् ।
महादेव मन्दिर परिसरमा बोकाको बली दिइन्छ भनेर कसैले याद गरेको हुँदैनन् । पाण्डुकेश्वर मन्दिरमा पनि १९ कार्तिकमा बलिसहितको पुजा गरिएको हो । नेवारी समुदायमा कार्तिक पुर्णमाको दिनमा महादेवले भैरबको रुप लिने र सोही पुजा गर्ने प्रचलन रहेको छ । भैरब पुजा हुने भएकै कारण बली दिइएको पालुङका रमन श्रेष्ठले जानकारी दिए । पाण्डुकेश्वरको दक्षिण ढोका छेवैमा स्थापना गरिएको भैरबको मुर्तिमा पुजासहित बली दिइएको हो ।

वर्षौपछि यसवर्ष दक्षिण भैरबको पुजा गरिएको स्थानीय निरोज प्रधानले जानकारी दिए । पुजाका परम्परागत पुरानो गुठी मासिएपछि पुजा नै रोकिएकोमा पालुङका युवाहरुले परम्परा ब्युताउँदै पुजा गरिएको प्रतिक्रिया दिए । उक्त पुजा चलाउनका लागि अहिलेको चेकड्याम नजिकै कार्तिक पुनिः गुठीको खेत रहेको थियो । चेकड्याम निर्माण सँगै खेत मासिएपछि पुजा सञ्चालनमा कठिनाइ भएपछि स्थगित थियो ।


















































प्रतिक्रिया दिनुहोस्