संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्रालयमा अतिरिक्त समूहमा रहेका पाँच उपसचिवसहित १३ जना कर्मचारीलाई कामकाजमा खटाएको छ । मन्त्रालयले ११ कार्तिकमा निर्णय गरी सबैलाई राष्ट्रिय योजना आयोगमा खटाएको हो ।
मन्त्रालयमा अतिरिक्त समूहमा रहेका उपसचिवहरु सुरेन्द्र प्रधान, श्रीधर पन्थी, भिम बहादुर बुढा, इश्वर प्रसाद आचार्य र बन्दना झा रहेका छन् भने शाखा अधिकृतहरुमा पुष्पराज सिवाकोटी, प्रयास भट्टराई, सन्देश मास्के लगायत रहेका छन् । उपसचिव प्रधान १० असोजमा मकवानपुरको थाहा नगरपालिकाबाट मन्त्रालय सरुवा भएका थिए । अन्य उपसचिवहरु पनि विभिन्न स्थानीय तहहरुबाट मन्त्रालय सरुवा भई अतिरिक्त समूहमा रहेका थिए ।
जनशक्ती कम भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ९ कार्तिकमा कर्मचारी माग गरी राष्ट्रिय योजना आयोगमा पत्र पठाएको थियो ।
हेर्नुहोस नामावलीः


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्