मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले ९ कार्तिकमा देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरुको सरुवा गरेकोमा मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको पनि सरुवा भएको हो ।

श्रेष्ठको मकवानपुरको छिमेकी जिल्ला सिन्धुलीमा सरुवा भएको छ । त्यसैगरी मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा सिराहाका प्रमुख जिल्ला अधिकारी साझाकुरा संवाददाता रहेका बसन्त अधिकारी आउने भएका छन् ।

स्किम श्रेष्ठ ।

सरुवा लिस्ट अनुसार मकवानपुरमा बसन्त अधिकारी सिडिओको रुपमा आउने भएका छन् । मकवानपुरकी सिडिओ स्किम श्रेष्ठ सिन्धुली सरुवा भएकी छिन् ।

हेर्नुहोस नामावलीः

पालिका प्रेस
थप जानकारी