जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण आंशिक रूपमा मात्र सञ्चालनमा रहेको मकवानपुर जिल्ला अदालत अब कार्तिक १३ गते देखि पूर्ण रूपमा नियमित रूपमा सञ्चालनमा आउने भएको छ।
अदालतका निमित्त श्रेस्तेदार केशवराज कौशिकले बिहीबार एक सूचना जारी गर्दै जिल्ला बार एसोसिएसन कार्यसमिति मकवानपुरसँगको समन्वय तथा अदालतको पूर्ण बैठकको निर्णयअनुसार मुद्दाको प्राथमिकताको आधारमा नियमित रूपमा सुनुवाइ प्रारम्भ गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।
सूचनामा भनिएको छ, “मिति २०८२।०७।१३ गतेबाट मुद्दाको प्राथमिकताको आधारमा नियमित रूपमा मुद्दाको सुनुवाइ प्रारम्भ गरिनेछ।” साथै अदालतको साप्ताहिक पेशी सूची मिति २०८२।०७।०२ गते सूचना पाटीमा टाँस गरिने जानकारी पनि सूचनामा उल्लेख गरिएको छ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा अदालत भवनमा तोडफोड र आगजनी भएपछि अदालतको कामकाज ठप्प भएको थियो। त्यसयता थुनछेक बहसजस्ता अत्यावश्यक कार्यहरू मात्र सञ्चालन हुँदै आएका थिए।
अदालतको नियमित पेशी सुचारु हुने घोषणासँगै लामो समयदेखि न्यायिक कार्यका लागि प्रतीक्षारत सर्वसाधारण तथा कानुन व्यवसायीहरूमा सहजता आउने अपेक्षा गरिएको छ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्