थाहा नगरपालिकास्तरीय परीक्षा समिति संयोजकमा गणेशमान श्रेष्ठ चयन भएका छन् ।

झम्केश्वरी मावि, ओखरबजारका प्रधानाध्यापक श्रेष्ठ १५ भाद्रमा सम्पन्न थाहा नगरस्तरीय प्रधानाध्यापक बैठकबाट परीक्षा समिति संयोजक चयन भएका हुन् । यसअघि परीक्षा समिति संयाजक रहेका सानोभाइ कार्कीको उमेरहदका कारण अवकाश भएपछि समितिको नेतृत्व परिवर्तन गरिएको हो ।

समितिले नगरभरिको विद्यालय परीक्षाको संचालन तथा व्यवस्थापन गर्दै आएको छ ।

यसैबीच प्रधानाध्यापकहरुको बैठकले थाहा नगरपालिका शिक्षा शाखाबाट पेश भएको वार्षिक कार्यक्रम पारित गर्नुका साथै दिवा खाजा दैनिक रु. २० कायम गर्ने र कक्षा १ देखि ५ सम्म, पिएमटि छात्रवृती ५–८ को लागि भदौ महिना भित्र फर्म भरिसक्ने तथा एसआइपी तालिम सञ्चालन गर्नेलगायतको पनि निर्णय गरेको छ ।

पालिका प्रेस
थप जानकारी