मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ को घट्टेचौरमा वर्षेनी मनाइने हिलेजात्रा २८ साउनमा मनाइएको छ । नेवारी समुदायले विशेष महत्वका साथ मनाउने यस पर्व जनकल्याण माविको आँगनमा विभिन्न देवता तथा लाखे नाच र परम्परागत प्रहशनहरु गरेर मनाइएको हो ।
हिलेजात्रामा खेतीपाती, देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको परम्परागत नृत्य, लाखे नाच, रोपाइँ अभिनय र प्रहसन समेत गरिएको थियो । थाहा नगरपालिका वडा नम्बर २ को पालुङको नेवार वस्ती, देउला वस्ती, थाहा–३ को गोपाली बस्ती, थाहा–१ ओखरबजार लगायतका स्थानबाट जात्रा निकालेर घट्टेचौरमा देखाउने चलन रहेको छ । यस अवसरमा पालुङको पाण्डुकेश्वरबाट महादेवको मुकुट दिउँसो घट्टेचौर ल्याउने र पुजा आरधना गर्ने वर्तालुहरु त्रिवेणीमा स्नान गरी पुजाआज गर्ने चलन रहेको छ ।

घट्टेचौरमा पालुङ र गोपाली गाउँको लाखे नाचसहित रोपाइ नाच, ओखरबजारको रोपाइ नाच, राजारानी नाचहरु प्रदर्शन गरिएको थियो भने पालुङको इन्द्रायणी, गणेश, कालाभैरव, कुमारी र बज्रवाराहीको नाच पनि देखाइएको छ । राजा गुणकामदेवको पालादेखि शुरु भएको यो जात्रा सामाजिक अध्ययनका विद्यार्थीहरुको लागि एक अवसरको रुपमा रही आएको छ । जात्रा हेर्न स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।


















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्