हेटौंडा–१० कर्रामा बिभिन्न दाताहरुको सहयोगमा चार बर्ष लगाएर निर्माण भएको गुम्बाको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्धघाटन गरेकी छन् । हेटौंडा उपमहानगरपालिका कर्रामा रहेको सुखवती भुवन टासी जम्बुलिङ गुम्बा परिसरमा निर्माण भएको गुम्बाको उद्धघाटन गर्दै नगर प्रमुख लामाले लामो समयदेखि ओझेलमा परेको यो क्षेत्रको बिकासमा सबैको हातेमालो आवश्यक रहेको बताइन् ।
करिब ३४ बर्ष अघि बाट गुम्बा क्षेत्रको रुपमा बिकास हुन लागेको कर्राको यो भेगले सोचे अनुरुप बिकासको गति नलिएको उनले बताइन् । बजार क्षेत्रमा रहेपनि उपल्लो तहमा पहुँच अभाकका कारण ओझेलमा परेपनि अब उपमहानगरले बिकासको गतिलाई अघि बढाउँने बताइन् । उनले गुम्बाको पुर्वाधार बिकासका लागि पनि पालिकाले सहयोग गर्ने बताइन् ।
कर्रा पुलको दक्षिण भागबाट गुम्बा जाने बाटोलाई व्यवस्थित बनाउने काममा उपमहानगर लाग्ने बताइन् । उनले सडकलाई व्यवस्थित बनाएपछि अन्य बिकसको काम अघि बड्ने बताइन् । २०७८ सालमा हेटौंडा उपमहानगरपालिका, ९ र १० नम्बर वडा कार्यालयको गरी ३४ लाख रुपियाँ बजेटमा सुरु भएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ । गुम्मा निर्माणमा सहयोग पु¥याएको भन्दै कार्यक्रममा उपमहानगर र ९ र १० नम्मर वडालाई सम्मान पत्र प्रदान गरीएको थियो ।
समितिका अनुसार स्थानिय निकाय बाहेर बिभिन्न क्षेत्रका व्यक्तीहरुले पनि गुम्बा निर्माणमा आर्थिक तथा अन्य सामग्री सहयोग गरेका छन् । भवन तयार भएपनि गुम्बामा हुनु पर्ने अन्य कामहरु बा“कि रहेको बताइएको छ । सुखवती भुवन टासी जम्बुलिङ गुम्बा अमर लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१० नम्बर वडाका अध्यक्ष फुर्वा दोर्जे लामा, वडा सदस्य बिमल लामा, गुम्बा समितिका संरक्षक किताब सिंह लामा ¥याङला गुठि समाजका अध्यक्ष्ँ सानुकुमार लामा लगाएतको आतिथ्यता रहेको थियो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्