संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्लाका जिल्ला समन्वय समितिहरुको भूमिका बढाउन विशेष बजेट उपलब्ध गराएर नयाँ कार्यक्रम नै सिर्जना गरिदिएको छ ।
मन्त्रालयले चालु आर्थिक वर्षको बजेट मार्फत कार्यक्रम खर्च (वार्षिक प्रगति समीक्षा तथा स्थानी यतहको अनुभव आदान प्रदानसहित) मा जिल्लास्तरमा स्थानीय तहको सिकाइ उपलब्धी तथा असल अभ्यास आदान प्रदान कार्यक्रम नै संचालन गर्ने गरी बजेट विनियोजन गरेको थियो ।
जिल्ला समन्वय समितिको भूमिका थप प्रभावकारी बनाउन मन्त्रालयले समितिलाई स्थानीय तहका असल अभ्यासका बारेमा अनुभव आदान प्रदान कार्यक्रम भदौ मसान्तभित्र गरिसक्न भनेको हो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्