सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा पूर्वसचिव रघुराम विष्टलाई नियुक्त गरेको छ ।

१४ असारमा बसेको मन्त्रिपरिषद बैठकले विष्टको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । समितिको पदावधि तीन वर्ष हुनेगर्छ । बैठकले समितिको सदस्यहरूमा इन्जिनियरिङ सेवाबाट रोहितकुमार बिसुराल र केही दिनपछि लागु हुनेगरी अर्का सदस्यमा थानेश्वर गौतमलाई नियुक्त गरेको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ ले परिकल्पना गरेअनुसार सार्वजनिक खरिद पुनरावलोकन समिति गठन हुँदै आएको छ ।

पालिका प्रेस
थप जानकारी