हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रको विभिन्न वडामा बसोबास गर्दै आएका ३३ अपाड्डता भएको परिवारलाई कृषि व्यवसाय प्रवर्धनका लागि सहयोग गरेको छ । अपाङ्गताको क्षेत्रमा काम गरीरहेको अपाङ्ग सरोकार केन्द्रसँगको समन्वयमा उपमहानगर क्षेत्रमा रहेका परिवारलाई बाख्रा, बंगुर र महुरी घार सहयोग गरेको हो । कृषि व्यवसाय प्रवर्धन कार्यक्रम अन्तरगत उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले २६ परिवारलाई बाख्रा, ५ परिवारलाई माहुरीको घार र २ परिवारलाई बंगुर वितरण गरिएको सरोकार केन्द्रका अध्यक्ष गणेशचन्द्र दवाडीले जानकारी दिए ।

व्यवसाय प्रवर्धन कार्यक्रममा नगर प्रमुख लामाले बिउँ पुजीको रुपमा उपमहानगरले सहयोग गरेको बताइन् । यसले व्यवसाय बिस्तारको लागि सहयोग पुग्ने भन्दै अब आफुलाई दिगो आय हुने गरी काम गर्न सुझाब दिइन् । बिउँलाई मास्ने होइन बिस्तार गर्दै लैजाने तर्फ लाग्न जरुरी रहेको उनले बताइन् । शारीरीक रुपमा अशक्त भएपनि घरमै रहेर दिगो आयआर्जनको पाटोमा जुटेकोमा खुशी व्यक्त गर्दै उपमहानगर सघै सहयोगीको भुमिकामा रहने बताइन् ।

कार्यक्रममा सरोकार केन्दैका अध्यक्ष दवाडीले कार्यक्रम १ नम्बर वडामा तय गरेपछि पछिल्लो पटन जनप्रतिनिधि माथि भएको आक्रमणको घटनाका कारण असुरक्षित महशुस गरेर ५ नम्बरको पिप्ले क्याम्पा रंगशाला सारेका बताए । उनले भने –‘केन्द्र जनप्रतिनिधी माथि भएको आक्रमणको घटनाको प्रति दुखः व्यक्त गर्दै दोषि माथि कारवाहिको माग गर्दछ ।’ उनीहरुले ९६ वटा बाख्रा, २० वटा बंगुर, ११ वटा माहुरी घार र ४ वटा गोठ निर्माणका लागि अनुदान पाएका छन् । कृषि व्यवसायको सुधार गर्दै दिगो आर्यआर्जनमा जोडिन मद्दत गर्ने उद्देष्य अनुसार उपमहानगरले ५० प्रतिशत लागत व्यहोरेको छ ।

पालिका प्रेस
थप जानकारी