मकवानपुर थाहा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले ३६ जनालाई प्रजनन् योग्य माउ बाख्रा वितरण गरिएको छ । पालिकाले ‘समुदायमा आधारित पुनस्र्थापना सहयोग कार्यक्रम’ अन्तर्गत ‘ग‘ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई तालिमसहित बाख्रा वितरण गरेको हो । यस कार्यक्रमलाई थाहा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो ।
थाहा नगरपालिका स्तरीय अपाङ्गता समन्वय समितिका अध्यक्ष मनलाल गोपालीका अनुसार मध्यम र सामान्य श्रेणीमा पर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको वडाअनुसार माग संकलन गरी बाख्रा प्रदान गरिएको हो। बाख्रा वितरण कार्यक्रमलाई थाहा नगरपालिकाको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता शाखाकी प्रमुख प्रतिमा मोक्तानले कार्यक्रम सानो भए पनि दीर्घकालीन रूपमा प्रभावकारी हुने विश्वास व्यक्त गर्दै यस किसिमको सानो बीउ पूँजीको सहयोगले ठूलो परिवर्तन ल्याउन सक्ने अपेक्षा गरिन् ।
कार्यक्रमका क्रममा अपाङ्गता सरोकार केन्द्रबाट कृत्रिम खुट्टा एक जनालाई, कृत्रिम हात दुई जनालाई, वैशाखी आठ जनालाई र ह्विलचेयर दुई जनालाई प्रदान गरिएको अपाङ्गता सरोकार केन्द्रका अध्यक्ष गणेश दवाडीले जानकारी दिए । २०७८ सालको जनगणना अनुसार बागमती प्रदेशमा १ लाख २४ हजार १ सय जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। स्थानीय तहबाट यस्ता कार्यक्रमले अपाङ्गता भएका समुदायलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने सरोकारवाला बताउँछन्।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्