प्रसिद्ध ऋषेश्वर क्षेत्र विकास समितिको अध्यक्षमा बिनोद लामा मनोनित भएका छन् । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको हिन्दु र बौद्धमार्गीहरुको साझा तिर्थस्थलको रुपमा स्थापित भएको ऋषेश्वर अर्थात छ्युमी झ्याङ्छुप क्षेत्र विकास समिति गठन भएसंगै धार्मिक क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा सहयोग पुग्ने नगरपालिकाले विश्वास लिएको छ ।
थाहा नगरपालिका क्षेत्रको ऐतिहासिक, धार्मिक सम्पदा एवं साँस्कृतिक क्षेत्र व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८१ को परिच्छेद ३ को दफा २ (क) बमोजिम लामालाई नगर प्रमुख स्तरीय निर्णयबाट अध्यक्षमा मनोनयन गरिएको हो । सो दफामा ऐतिहासिक, धार्मिक सम्पदा एवं साँस्कृतिक क्षेत्र विकास समितिको अध्यक्ष नगर प्रमुख वा प्रमुखले तोकेको व्यक्ति हुने व्यवस्था रहेको छ । थाहा नगरपालिकाले नगरका ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रको संवद्र्धन संरक्षण तथा व्यवस्थापन गर्ने कार्यको शुरुवात अन्तर्गत ऋषेश्वर क्षेत्र विकास समितिको अध्यक्ष मनोनयन गरिएको नगर प्रमुख विष्णु बहादुर विष्टले प्रतिक्रिया दिए ।
देश तथा विदेशसम्म चर्चामा रहेको ऋषेश्वर क्षेत्रमा पूर्वाधार विकासका साथै धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि आफ्नो कार्यकाल समर्पित हुने अध्यक्ष लामाले प्रतिक्रिया दिए । उनले भने–‘प्रमुखतः पर्यटन प्रवद्र्धन नै हो, समितिले यहि कुरालाई केन्द्रमा राखेर कार्ययोजना सहित काम गर्ने विश्वास दिलाउँछु ।’ संस्थागत विकासमा समेत ध्यान दिदै समितिले थप धार्मिक पर्यटन सम्बन्धी प्रवद्र्धनात्मक काम गर्ने लामाको भनाइ छ ।
क्षेत्र विकास समितिका कार्यकाल चार वर्षको हुनेछ । सामाजिक क्षेत्रमा क्रियाशिल लामा पर्यटन प्रवर्धनका लागि नवप्रवर्तक कार्य गर्नका लागि सँधै अघि सर्ने व्यक्तिको रुपमा समेत चिनिन्छन् ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्